काठमाडौं । नेपाली संगीत पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेको म्यूजिक खबर पाक्षिकले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । प्रथम वर्ष पूरा गरि दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा राजधानीको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव सम्पन्न गर्दै ‘म्यूजिक खबर’ पाक्षिकले वरिष्ठ लोकगायक कुमार बस्नेत र गायिका चन्द्रकला शाहलाई म्यूजिक स्रष्टा सम्मान प्रदान गरेको थियो भने संगीतकार राजनराज शिवाकोटी र देबी घर्तीलाई ‘म्यूजिक खबर पपुलर अफ दि इयर’ बाट सम्मानित गरेको छ ।
कार्यक्रमलाई स्वागत गर्दै म्यूजिक खबरका सम्पादक सविता पोखरेलले सम्पूर्ण गायक, गायिका, संगीतकार, गीतकार, संगीतकर्मीहरुको माया र सद्भावले म्यूजिक खबरले पहिलो वर्ष सफलतापूर्वक हासिल गर्न पाएकोमा खुशी प्रकट गरेकी थिइन् । सम्पादक पोखरेलले सम्पूर्ण विज्ञापनदाता, ग्राहक र संगीतकर्मीहरुसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने बताइन् ।
त्यसैगरी म्यूजिक खबर पाक्षिकका सल्लाहकार एवं म्यूजिक खबर म्यूजिक अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले अवार्डका माध्यमले सबैलाई सम्मान गर्दै आएको र म्यूजिक खबर पाक्षिकले सम्पूर्ण संगीतकर्मीहरुलाई एकै ठाउँमा समावेश गर्न सकेको बताएका थिए । उनले अवार्डले कसैलाई नबिगारेको सबैलाई राम्रो गरेको हुँदा कसैले विरोध गर्न निमिल्ने बताए ।
संघसंस्थाको प्रतिनिधित्व गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले म्यूजिक खबर निकै पुरानो भए पनि छापा माध्यममा पहिलो वार्षिकोत्सव मनाउन लागेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए । अध्यक्ष पंगेनीले म्यूजिक खबर संगीत क्षेत्रको एकमात्र प्रतिनिधिमूलक पत्रिकाको रुपमा स्थापित भएको बताएका थिए ।
म्यूजिक खबरका अध्यक्ष सुमन वैरागीले नेपाली सांगीतिक क्षेत्र धरासयी भइरहेको अवस्थामा संगीत पत्रकारिताको आडमा रहेर पत्रकारिता गर्नु भने निकै चुनौति भएको बताएका थिए । चुनौतीकै खाडलमा रहेर भए पनि अहिलेसम्मकै पहिलो र एकमात्र सांगीतिक पाक्षिक पत्रिका भएका समेत उनले म्यूजिक खबर डटकमले सातौं वर्ष पार गरिरहेको अवस्थामा म्यूजिक खबरले छापा माध्यममा पनि आफ्नो वर्चश्व जमाउन सफल भएको बताएका थिए । वैरागीले सांगीतिक पत्रकारितामा निरन्तरता दिएर दोश्रो वर्षसम्म आउन सकेकोमा खुशी व्यक्त गर्दै यस पत्रिकालाई यहाँसम्म ल्याउने सम्पूर्ण क्षेत्रका व्यक्तित्व, संघ, संस्था एवं पाठकवृन्द, ग्राहक महानुभावहरुलाई धन्यवाद दिएका थिए ।
म्यूजिक खबर पत्रिकाका निर्देशक मिलन मोक्तानको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले म्यूजिक खबरले सम्पूर्ण संगीत क्षेत्रको प्रतिनिधित्व गर्दै मन जित्न सफल भएकोमा शुभकामना प्रदान गरेका थिए । बास्कोटाले म्यूजिक क्षेत्रलाई मात्र केन्द्रमा राखेर प्रकाशन भएको म्यूजिक खबर पाक्षिक चुनौतिभित्रको कार्य भएको बताएका थिए । कार्यक्रममा उपकुलपति बास्कोटाले कलाकारहरुले सिंहदरबार छिर्नका लागि अब छिट्टै परिचय पत्रको व्यवस्था हुन लागेको भन्दै संगीत क्षेत्रमा धेरै राम्रा कार्य हुन लागेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथीका रुपमा गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटा, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश वि.क. निर्देशक मोहन निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले म्यूजिक खबर पत्रिकालाई शुभकामना दिएका थिए ।
कार्यक्रममा न्युज गोरखा डटकमको पनि उद्घाटन गरएको भियो भने म्यूजिक खबर पाक्षिकलाई सहयोग गर्ने विभिन्न संघसंस्था, ग्राहक, स्तम्भकारलाई मायाको चिनो प्रदान गरिएको थियो भने छैटौं म्यूजिक खबर म्यूजिक अवार्डमा सहयोग गर्ने प्रायोजक, आयोजक कमिटि सबैलाई धन्यवाद ज्ञापन गर्दै कदर पत्र प्रदान गरिएको थियो ।
Sunday, September 24, 2017
म्यूजिक खबर वार्षिकोत्सवमा चार श्रष्टा सम्मानित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment