Monday, October 30, 2017

दलहरु उम्मेदवार टुंग्याउने अन्तिम तयारीमा

काठमाडौ । दोस्रो चरणको उम्मेदवारी टुंग्याउन दलहरुले गृहकार्य जारी राखेका छन् । एमाले आज बस्ने स्थायी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवार टुंगो लगाउने भएको छ ।
प्रत्यक्षमा करिब ५० प्रतिशत उम्मेदवारको टुंगो लगाएको एमाले नेताहरुले बताएका छन् । आज बेलुकासम्म धेरै जतिको टुंगो लाग्ने जनाइएको छ ।
नेकपा माओवादी केन्द्रसँग भएको सहमतिका आधारमा उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाइएको एमालेले जनाएको छ । माओवादी केन्द्रले पनि हिजो उम्मेदवार छनोट प्रक्रिया सुरु गरेर लगभग सकिएको बताए पनि सार्वजनिक भने गरेको छैन ।
दुई पार्टीबीचमा चितवन, सल्यान, सुनसरीलगायत केही जिल्लामा सहमति हुन बाँकी भएकाले दुई दलबीच त्यो विषयमा पनि आज छलफल हुने भएको छ । कांगे्रस नेताहरु पनि बिहान ८ बजेदेखि नै छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts