Monday, October 30, 2017

राइनो संरक्षण गोल्डकप आजदेखि

नवलपरासी,

काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।

प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच हुनेछ । देशविदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिएको आयोजक नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो ।

स्थानीय कोल्हुवामा गैँडा संरक्षणका लागि प्रतियोगिता १३ वर्षदेखि हुँदै आइरहेको छ । प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता छ । उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् । (रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts