न्युयोर्क । अमेरिकाको एक संघीय अदालतले अमेरिकी सेनामा तेस्रो लिंगी समुदायले काम गर्न नपाउने गरी लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन गर्न रोक लगाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । तर जिल्ला न्यायाधीश कोलिन कोल्लार–कोटेलीले ट्रम्पले प्रेसिडेन्सियल मेमोमार्फत सेनामा तेस्रो लिंगीमाथि प्रतिबन्ध लगाउने गरी ल्याएको नियम कार्यान्वयन तत्कालका लागि रोक लगाउने निर्णय सुनाएको हो ।
गएको अगस्टमा अदालतमा यो विषयमा मुद्दा दायर भएको थियो ।अदालतको फैसलासँगै तत्कालका लागि अमेरिकी सेनामा रहेका तेस्रो लिंगीले आफ्नो यौनिक परिचय खुलाएर पनि सेवा गर्न पाउने भएका छन् भने नयाँ भर्नामा पनि तेस्रो लिंगीले अवसर पाउने छन् ।
अघिल्लो वर्ष तत्कालिन राष्ट्रपति बाराक ओबामाले तेस्रो लिंगी समुदायलाई सेनामा खुलारुपमा काम गर्न पाउने व्यवस्था लागु गरेका थिए ।
Monday, October 30, 2017
तेस्रो लिंगीलाई प्रतिबन्ध लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतको आदेश
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment