न्युयोर्क । विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।
सोमबार एक प्रतिवेदन सार्वजनिक गर्दैडब्लुएचओले गहिरो चासो व्यक्त गरेको हो । विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ ।’ विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग नवौँ मुख्य कारण रहेको छ ।
विश्वभर एचआइभी एड्सका कारणले भन्दा क्षयरोगले धेरै व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । विश्वको क्षयरोग समस्याबारे सन् २०१७ मा गरेको अध्ययन अनुसार सन् २०१६ मा एक करोड चार लाख व्यक्ति क्षयरोगका कारण विरामी परेका र यसमध्ये १६ लाख ७० हजार व्यक्तिको मृत्यु भएको संगठनले जनाएको छ ।
डब्लुएचओ को क्षयरोग अन्त्यको रणनीति तथा संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्य कार्यक्रमले सन् २०३० सम्म क्षयरोगको समस्या ९० प्रतिशतले घट्ने जनाएको छ ।
Monday, October 30, 2017
क्षयरोग नियन्त्रण प्रयास कम भएकोमा विश्व स्वास्थ्य संगठन चिन्तित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment