Sunday, October 29, 2017

निर्वाचन आयोगले अदालतलाई जवाफ पठाउने

काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रका सन्दर्भमा सर्वाेच्च अदालतलाई आज जवाफ पठाउने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले अदालतको आदेशलाई उच्च सम्मान र सकारात्मक रूपमा लिँदै जवाफ लिएर अदालतमा जाने तयारी गरेको आयोगले जनाएको छ । यादवले आयोग कार्यतालिकाअनुसार काम गरिरहेको तर सर्वोच्चलाई पनि प्रगति विवरण बुझाउने बताए ।
राष्ट्रिय जनता पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मत जाहेर गर्ने मतदाताको मनोविज्ञान फरक हुने भएकाले बेग्लाबेग्लै मतपत्रको व्यवस्था हुनुपर्ने माग गर्दै अदालतमा मुद्दा दर्ता गराएका थिए । त्यो रिटमाथि सुनुवाइ गर्दै अदालतले समानुपातिकतर्फको मतपत्र छपाइ अघि बढिसकेकाले त्यस विषयमा बोल्न आवश्यक नहुने जनाउँदै प्रत्यक्षतर्फको मतपत्र छपाइका विषयमा भने गम्भीररूपमा लिँदै आवश्यक निर्णय आयोगका नाममा आदेश जारी गरेको थियो ।
यसमा आदेशको सम्मान गर्दै आयोगले त्यस विषयमा कसरी अघि बढ्नु उपयुक्त हुने भनेर समिति गठन गरी परामर्श गरेका थियो । त्यसपछि फेरि त्यो कार्यान्वयन नगरी अदालतको आदेशको अवज्ञा गरेको जनाउँदै शुक्लले दिएको निवेदनमा अदालतले बेग्लाबेग्लै मतपत्र छपाइका सम्बन्धमा आयोगबाट भएको आदेश कार्यान्वयन गर्ने सन्दर्भमा भएको प्रगति विवरणसहितको जवाफ मागेको हो ।
त्यसै क्रममा आयोगले अदालतलाई आज जवाफ पठाउन लागेको हो ।आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने विजयी हुने निर्वाचन प्रणालीको मतपत्रका सन्दर्भमा अदालतको आदेशको मर्म र भावनाअनुसार आयोगले निर्णय गरेर अघि बढ्ने बताए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts