Wednesday, November 1, 2017

बाढी पीडितको पीडा प्रशासकले सुनेन्

रौतहट ।घर भत्केर क्षति भएर पनि राहत पाउनबाट वञ्चित देवाही गोनाही नगरपालिकाका सैयौं परिवारको पीडा कसले सुुनिदिने भन्ने प्रश्न उठेको छ ।

स्थानीय निकायका कर्मचारीको बदमासीका कारण राहत पाउन वञ्चित देवाही गोनाही नगरपालिका–३ र ४ का बाढीपीडितको दुुखेसो प्रमुख जिल्ला अधिकारी उद्धवबहादुुर थापाले नसुुनिदिएका कारण अन्यौलको अवस्था बनेको हो ।

राहत वितरणका लागि संकलन गरिएको नामावलीमा कर्मचारीले पूर्वाग्रही हिसाबले नाम छुटाइदिएकाले पुनः अनुगमन गर्न उनीहरूले सरकारसँग माग गरेका छन् ।

प्रक्रियाभित्रै रहे पनि राहत नपाएको पीडितहरूले आज पत्रकार भेटघाटमा दुुखेसो पोखेका हुन् ।

पीडितको समस्या बुझ्न तथा राहत वितरण कार्य सुरु गर्न यही कात्तिक १ गते प्रजिअ थापासहित जिल्लाका सुुरक्षा प्रमुखको टोली देवाही गाँउमा आएका थिए । पीडितको माग सम्बोधन हुन्छ भने प्रतिबद्धता व्यक्त गर्न नसक्दा आक्रोसित भिडले प्रजिअ चढने गाडीमा तोडफोड गरेको साविक देवाही गाविसका धर्मेन्द्र पटेलले बताउनुुभयो ।

करिब एक सय पचास घर परिवारलाई राहतबाट वञ्चित गराउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने देवाही गोनाही नगरपालिकाका उपप्रमुख परनियादेवी पटेलले धारणा राख्नुभयो । स्थानीय प्रशासनसँग पीडाका बारेमा कुुरो गर्दा प्रजिअ थापाले बेवास्था गरेको उहाँको भनाइ छ ।

देवाही गोनाही नगरपालिका–३ र ४ का २०८ परिवारलाई दैविप्रकोप उद्धार समितिमार्फत राहत दिए पनि हरेन्द्र साह कलवार, जगरनाथ पटेल, रामसोगारथ राउत, उमाशंकर जयसवाल, मगनी जयसवाल, डाक बाबुलगायत १५० जनाको घर बाढीबाट क्षति हुँदा पनि उनीहरूले राहत पाउन सकेका छैनन् ।

देवाही गोनाही नपाका प्रमुख धर्मेन्द्र पटेलले राहत पाउनबाट छुुटेका वास्तविक पीडितको तथ्यांक संकलन गरी केही दिनभित्रै राहतका लागि सिफारिस गरिने बताउनुुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts