काठमाडौँ। युवा तथा खेलकुदमन्त्री एवम् नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसीले काँग्रेसले विकासको अभियानमा युवालाई सँगै लिएर अगाडि बढ्ने बताउनुभएको छ ।
काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री केसीले आज थानकोट क्षेत्रमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो– “युवाबिना विकासको लक्ष्य सफल हुन सक्दैन् ।”
“हामीले आत्मसात् गरेको विकास र समृद्धिको बाटोमा युवालाईसँगै लिएर अगाडि बढ्नेछु,” उहाँले भन्नुभयो– “स्वदेशमै रोजगारीको सिर्जना गरी बेरोजगार बस्नुपर्ने र विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्न युवासँगै मिलेर कार्यक्रम ल्याउनेछु ।”
मन्त्री केसीले आफ्नो क्षेत्रमा कृषिमा आधुनिकीरण गरी वैदेशिक रोजगारीमा जाने युवालाई समावेश गराउँदै आर्थिक समृद्धिको योजना ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सिङ्गो देशलाई समृद्ध बनाउने काँग्रेसको अभियानमा लाग्न सबैमा अग्रह गर्दै उहाँले आफू विकासप्रेमी भएकाले यसपटक पनि यहाँका मतदाताले आफूलाई अवसर दिने विश्वास व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment