Wednesday, November 29, 2017

संविधान सबैको स्वीकार्य बनाइने

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मंसिर २१ गते हुुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि संविधान संशोधन गरी सबैको स्वीकार्य बनाइने बताउनुभएको छ ।

काँग्रेसबाट मोरङ क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुुभएका डा कोइरालाले छुट्टाछुट्टै वडामा आज आयोजित कोणसभामा सबै जाति र समुुदायको पहिचान, पहँुुच र प्रतिनिधित्व कायम गर्न काँग्रेसको नेतृत्व आवश्यक छ भन्नुभयो ।
सभामा विराटनगर महानगरपालिका प्रमुख भीम पराजुुलीले विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि काँग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभयो । मोरङ क्षेत्र नं ६ मा काँग्रेसबाट प्रदेश (क)का उम्मेदवार चुुमनारायण तवदारले काँग्रेसले सबै जातजाति एवम् समुुदायलाई एकै ठाउँमा जोड्ने काम गरेको बताउनुुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts