Saturday, December 9, 2017

झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धन विजयी

भद्रपुर । प्रतिनिधिसभा र प्रदेशसभाको सम्पन्न निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ४ मा वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ ।

प्राप्त जानकारीअनुसार प्रतिनिधिसभातर्फ वाम गठबन्धनबाट नेकपा(एमाले) का उम्मेदवार लालप्रसाद साँवा लिम्बू (एलपी साँवा) ४३ हजार ४१५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गर्नुभयो ।

यसैगरी, प्रदेशसभामा सोही निर्वाचन क्षेत्रको (क)मा नेकपा (माओवादी केन्द्र) का झलकबहादुर मगरले १७ हजार २५६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने (ख) मा नेकपा(एमाले) का हीराकुमार थापाले २४ हजार ९०१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँहरुका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका (क) मा किरण भट्टराईले १४ हजार ४८१ र (ख)मा नेपाली काँग्रेसकै उत्तमकुमार शर्मा सुवेदीले १४ हजार ९६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts