Saturday, December 9, 2017

दाङ क्षेत्र नं ३ मा केसी निर्वाचित

तुलसीपुर, दाङ।  प्रतिनिधिसभा सदस्य दाङ क्षेत्र नं ३ मा वाम गठबन्धनतर्फबाट (एमाले)का हीराचन्द्र केसी ४० हजार २८७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपक गिरीले ३३ हजार ७३० मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केसीले गिरीभन्दा छ हजार ५७ मत बढी ल्याउनुभएको हो ।

यसैगरी प्रदेशसभातर्फ दाङ क्षेत्र नं ३ को (क) बाट नेपाली काँग्रसका डिल्लीबहादुर चौधरीले १७ हजार ३६ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनतर्फ (माओवादी केन्द्र)का उम्मेदवार जगप्रसाद शर्माले १४ हजार ७०० मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी प्रदेशसभा ३ को (ख) मा वाम गठबन्धनतर्फ उत्तरकुमार वली २३ हजार ९७० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts