Saturday, December 9, 2017

मकवानपुर १ मा दाहाल विजयी

हेटौँडा। मकवानपुर जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभाका लागि भएको निर्वचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापाले ३४ हजार ६५८ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी मकवानपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का विरोध खतिवडा ४६ हजार ४८१ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महालक्ष्मी डिना उपाध्यायले ३४ हजार ०९० मत प्राप्त गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts