Saturday, December 9, 2017

पर्सा १ (क) बाट अन्सारी र ४ को (क) बाट चौधरी विजयी

पर्सा।  पर्साको निर्वाचन क्षेत्र नं १ को (क) बाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदेशसभा सदस्यमा जनत अन्सारी विजयी हुनुभएको छ ।

अन्सारीले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रामनारायण कुर्मीसँग एक हजार ४३२ मतको अन्तरले विजयी हुनुभएको हो ।

अन्सारीले आठ हजार ५९३ मत हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुर्मीले सात हजार १६१ मत हासिल गर्नुभएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

त्यसैगरी पर्साको निर्वाचन क्षेत्र नं ४ को (क) बाट प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवार शंकर चौधरी विजयी हुनुभएको छ । चौधरीले आप्mना निकटतम प्रतिद्वन्द्वी एमालेका जयप्रकाश थारुलाई ४४८ मतको अन्तरले पराजित गर्नुभएको हो ।

अबेर राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार उम्मेदवार चौधरीले कूल सात हजार ४८८ मत हासिल गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी थारुले सात हजार ४० मत हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत कर्णले जानकारी दिनुभयो ।

पर्साको निर्वाचन क्षेत्र नं २ को (क) बाट काँग्रेसका तेली विजयी

पर्साको निर्वाचन क्षेत्र नं २ को (क) बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी हुनुभएको छ ।

आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी हुनुभएको हो ।
तेलीका निकटतम प्रतिद्वन्द्वी यादवले कूल १० हजार ७९ मत हासिल गरेको निर्वाचन अधिकृत कर्णले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts