Saturday, December 9, 2017

महासचिव पोखरेल विजयी

काठमाडौँ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका डा प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गर्नुभएको छ ।

विवेकशील साझा पार्टीका उम्मेदवार उज्ज्वल थापाले छ हजार ८१३ मत प्राप्त गर्नुभएको छ । त्यस क्षेत्रमा ४५ हजार ९१२ मत खसेको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts