जनकपुरधाम। प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ ३० हजार ७५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नंं २ (क) मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार शैलेन्द्रकुमार यादव विजयी हुनुभएको छ ।
उहाँले १६ हजार ५२१ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवलकिशोर साहले नौ हजार ७४ मत प्राप्त गर्नुभएको छ ।
No comments:
Post a Comment