Saturday, December 9, 2017

जसले मतान्तरमा इतिहास रचे

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ देखिनु भएको छ । नेकपा ९एमाले० र नेकपा९ माओवादी केन्द्र०का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ मतले विजयी भएर रेकर्ड कायम गर्नुभएको हो ।

यस्तै रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी मतले विजयी बन्नुभएको छ । दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झण्डा फहराउनुभएको हो । खड्काले २५ हजार ८०१ मत प्राप्त गर्नुभएको हो ।

गुरुङले यो मत सम्भवत बहुदलपछिको निर्वाचनमा विजयी उम्मेदवारले पाएको सर्वाधिक मत हो । यसभन्दा अगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा २ बाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले ल्याउनुभएको थियो । त्यस्तै यो निर्वाचनमा अहिलेसम्मको परिणामलाई हेर्दा गुरुङ सबैभन्दा बढी मतान्तरसहित विजय हुने उम्मेदवार बन्नु भएको छ ।

आफूलाई दोलखाली जनताले अत्याधिक मत दिएर विश्वास गरेको बताउँदै गुरुङले मतको सम्मान गरेर जाने उल्लेख गर्नुभयो । इतिहास कायम गर्दा कस्तो लागेको छ भन्ने प्रश्नमा नवनिर्वाचित सांसद् गुरुङले भन्नुभयो, “यो नेपाली जनताको जित हो । वाम गठबन्धनको जित हो । नेपाली जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि खोजेका छन् । त्यसलाई सम्मान गरेर सबैलाई साथमा लिएर जान्छु ।”

त्यस्तै प्रदेशसभा ९क० मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा ९माओवादी केन्द्र०का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । यो मतान्तर पनि प्रतिस्पर्धी भन्दा धेरै हो ।

प्रदेशसभा ९ख० मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईँले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका केशव चौलागाईंले १० हजार ८८० मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १५ हजार ६५९ मत प्राप्त गर्नुभएको हो । शर्मा र शाहबीच १८ हजार ७४३ मतान्तर रहेको छ । रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९१५ मत सदर र ३ हजार ४७० मत बदर भएको छ ।

रुकुमका जनताले आफूलाई पटकपटक धेरै मतान्तरले विजयी गराएकामा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, “पश्चिम रुकुममा जनताले सधैँ परिवर्तनकारी शक्तिलाई विश्वास गर्दै आएका छन् । यसपटक पनि माओवादी केन्द्र र वाम गठन्धनलाई विश्वास गरे । जनताको यो विश्वासलाई केन्द्रमा राखेर हामी अगाडि बढ्छौँ ।”

यस्तै सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले पनि प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले विजयी हुनु भएको छ । पूर्वसञ्चारमन्त्री समेत रहनुभएका सापकोटाले बहालवाला सञ्चारमन्त्री काँग्रेसका मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मत अन्तरले पराजित गर्नुभएको हो ।

सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेत २९ हजार ७९८ मत प्राप्त गर्नुभएको थियो । उहाँले आफू र आफ्नो गठबन्धनलाई विजयी गराउने सिन्धुबासी जनताको भावनालाई सधैँ सम्मान गरेर जाने संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

यस्तै धेरै मतान्तरसहित लमजुङ प्रदेशसभा ९ख० बाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी हुनु भएको छ । एमाले सचिवसमेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याई काँग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् ।

विसं २०६४ को संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । उहाँ एमालेको तर्फबाट प्रदेश नं ४ को मुख्यमन्त्रीका दाबेदारसमेत हुनुहुन्छ ।

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहुन भएका उपेन्द्र यादवले पनि प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी हुनु भएको छ । अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी २ बाट पराजित गर्दै प्रतिनिधिसभामा विजयी हुनुभएको हो । यादवले २१ हजार ६२० मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८४ मत पाएका छन् । उपेन्द्रलाई नेपाली काँग्रेस, राजपाले समर्थन गरेको थियो ।

यस्तै काठमाडौँ २ मा पूर्वप्रधानमन्त्री तथा एमालेका माधवकुमार नेपाल पनि प्रतिस्पर्धी भन्दा झण्डै ११ हजार मतान्तरले विजयी हुनुभएको छ । उहाँले २५ हजार ६३३ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपकप्रसाद कुईँकेलले १४ हजार २०७ मत प्राप्त गर्नुभयो ।

यसैगरी धादिङमा पनि वाम गठबन्धनका भूमि त्रिपाठीले ४९ हजार १२१ मतका साथ विजयी हुनु भएको छ । यो मतान्तर दोब्बर बढी हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याउनुभएको छ । एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी हुनुभएको छ । उहाँ काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी हुनुभएको हो । पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो ।

यसैगरी सो क्षेत्रको प्रदेशसभा(ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याउनुभएको छ । बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts