Saturday, December 9, 2017

उदयपुर २ मा वाम गठबन्धनको विजयी

गाईघाट, उदयपुर।  उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनको प्यानल नै विजय भएका छन् ।

भर्खरै प्राप्त मत परिणामअनुसार उदयपुर निर्वाचन क्षेत्र नं २ बाट वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार सुरेश किराती (हिमाल) ले २२ हजार ५५१ मत प्राप्त गरेर विजयी हासिल गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणबहादुर कार्कीले १५ हजार ४५५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यस्तै क्षेत्र नं २ कै प्रदेशसभा (क) १ र २ (ख) बाट वाम गठबन्धनकै कला घले र नारायण बुर्जा मगर विजय भइसक्नुभएको छ ।

यता जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धन र काँग्रेसका उम्मेदवारबीच कडा टक्कर भएको छ । आज बिहानसम्मको मत परिणामअनुसार क्षेत्र नं १ को प्रतिनिधिसभाको उम्मेदवारमा नेपाली काँग्रेसका डा नारायण खड्काले १५ हजार २७० मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका उम्मेदवार मञ्जुकुमारी चौधरीले १५ हजार ३३ मत ल्याएर नेपाली काँग्रेसका डा खड्कालाई पछ्याइ रहनुभएको छ ।

यता निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) १ मा वाम गठबन्धनका विमल कार्कीले १० हजार ३६० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका विदुरबाबु बस्नेतले नौ हजार ३५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै जिल्लाको निर्वाचन क्षेत्र नं १ कै प्रदेश (ख) २ मा नेपाली काँग्रेसका हिमाल कार्कीले १२ हजार २३३ मत प्राप्त गर्नुभएको छ भने वाम गठबन्धनका रामबहादुर थापाले ११ हजार ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts