Friday, December 1, 2017

निजी क्षेत्रका इञ्जिनियर भूकम्पीय जोखिमबारे जिम्मेवार हुनुपर्ने

काठमाडौँ । निजी तवरबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई भूकम्पीय जोखिमबारे जिम्मेवार रहन आवश्यकता रहेको औँल्याइएको छ ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको इञ्जिनियरको तीनदिने तालीमको समापन कार्यक्रममा प्रशासकीय अधिकृत धनीराम शर्माले शहरमा निर्माण हुने अधिकांश भवनको नक्सा निजी क्षेत्रका इन्जिनियरले बनाउने हँुदा भूकम्पीय जोखिमबाट घट्ने घटना कम गर्नका लागि उनीहरुलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभएको हो ।

इन्जिनियरलाई भवन निर्माण संहिताका बारेमा जानकारीसमेत नहुने हँुदा भवन निर्माण गर्ने व्यक्तिले त्यस बारेमा पनि ध्यान दिन आवश्यक रहेको सहभागीको भनाइ थियो । ललितपुर महानगरपालिका इञ्जिनियर प्रदीप पौडेलले नगरपालिकाका इञ्जिनियर जिम्मेवार हुने अरु परामर्शदाता र निजी क्षेत्रबाट काम गर्ने इञ्जिनियरले मापदण्ड विचार नगर्ने हो भने समस्या समाधानमा कठिन हुने छ ।

तालीममा २०७२ सालको भूकम्पले पारेको प्रभाव र पुनःनिर्माणका प्राथमिकता, जापानको याकोहामा नगरको एकीकृत शहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौती, जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचनासम्बन्धी व्यवस्था विषयमा छलफल भएको थियो । तालीममा राजधानीका दुई महानगर र नगरपालिकाका ५० जना इञ्जिनियरहरुको सहभागिता रहेको थियो ।

भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माण र सम्भावित भूकम्पीय क्षति न्यूनीकरणका लागि काठमाडौँमा बसेर काम गरिरहेका इञ्जिनियरको क्षमता विकास गर्ने विषयमा जापानको याकोहामा र कामपाबीच २०७३ असार १७ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts