Saturday, December 9, 2017

सिरहा ३ (क) मा माओवादी नेता यादव निर्वाचित

लहान । प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी हुनुभएको छ ।

केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts