Saturday, December 2, 2017

नेपाली सेनाद्वारा विद्यालय भवन जीर्णोद्धार

बैतडी।नेपाली सेनाले बैतडीको तल्लोस्वराडमा रहेको एक विद्यालय भवनको जीर्णोद्धार कार्य सम्पन्न गरेको छ ।

बैतडीस्थित शत्रुमर्दन गुल्मका नेपाली सेनाले जिल्लाको मेलौली नगरपालिका–७ काँडामा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन जीर्णोद्धार कार्य सम्पन्न गरेको हो ।

तीन वर्ष अघिदेखि छाना तथा भवन भत्किएर जीर्ण अवस्थामा रहेको उक्त विद्यालयको भवन निर्माण तथा मर्मत कार्य गरेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई सजिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीरामपार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेपाली सेनाले गरेको यो कार्य निकै सह्रानीय छ, अब हामीलाई पठनपाठन गर्न निकै सजिलो भएको छ ।”

नेपाली सेनाले उक्त भवनको भत्किएको गारो तथा पिलरको निर्माण, नयाँ काठ तथा जस्ता फेर्ने कार्य, झ्याल ढोका फेर्ने कायर्, भुईं मर्मत तथा प्लाइ ठोक्ने कार्य र रङरोगन गर्ने कार्य गरेको बैतडीस्थित शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी सुदीप बानियाँले जानकारी दिनुभयो । शत्रुमर्दन गुल्मले आफ्नै स्रोत साधन तथा जनशक्ति परिचालन गरी उक्त निर्माण कार्य पूरा गरेको हो । उहाँले भन्नुभयो “हामीले करिब रु दुई लाखको लगानी तथा आफ्नो स्रोत साधन प्रयोग गरी विद्यालय भवन जीर्णोद्धार गरेका हौँ ।”

नेपाली सेनाले आफू कार्यरत स्थानमा सामुदायिक हितलाई मध्यनजर गरी विभिन्न सामाजिक कार्य गर्ने नीतिअनुरुप उक्त विद्यालय भवनको मर्मत तथा जीर्णोद्धार गरेको शत्रुमर्दन गुल्म बैतडीले जनाएको छ ।
विसं २०५७ मा स्थापना भएको नेत्रज्योति आधारभूत विद्यालय विसं २०७२ मा हावाहुरीले गर्दा विद्यालयको छाना उडाउँदा विद्यालय भवन जीर्ण बनेको थियो । उक्त विद्यालयमा हाल १०३ जना बालबालिका अध्ययनरत रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts