Friday, October 30, 2015

बाघको छाला र हाड पक्राउ

बेलौरी (कञ्चनपुर), १३ कात्तिक । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसन्धान टोली महाकालीले बर्दियाका बासिन्दाको घरबाटै बाघको छाला र हाड पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा कञ्चनपुरबाट आज बर्दिया पुगेको क्षेत्रीय अनुसन्धान टोलीले बर्दिया सानोश्रीताराताल नगरपालिका–४ का डम्बरबहादुर गुरुङको घरबाटै घरमा लुकाइरहेको अवस्थामा नौ फि लामो र तीन फि पाँच इन्च चौडाइको पाटेबाघको छालाका साथै सात किलो ३० ग्राम हाड बरामद गरेको हो ।

क्षेत्रीय अनुसन्धान टोलीका इन्चार्ज वीरेन्द्र जोहारीले विशेष सूचनाका आधारमा काम गर्दै जाँदा गुरुङलाई दुर्लभ वन्यजन्तु चोरी तस्करीको आशङ्कामा उनलाई पक्राउ गरिएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts