सुरुङ्गा (झापा) १३ कात्तिक । मेची अञ्चलकै सर्वाधिक राशिको अन्तर्राष्ट्रिय सुरुङ्गा गोल्डकपको तेस्रो संस्करण आजदेखि सुरु भएको छ ।
सुरुङ्गा जेसिजको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभयो । कनकाई उमावि सुरुङ्गाको खेलमैदानमा सुरु भएको प्रतियोगिता यही कात्तिक २० गते समापन हुने सुरुङ्गा जेसिजका अध्यक्ष त्रिलोचन चिमरियाले बताउनुभयो ।
प्रतियोगितामा झापा–११, रुपन्देही–११, एपिएफ, सरस्वती क्लब काठमाडौँ, कालिम्पोङ क्लब भारत, कासा–११ झापा, ब्वाइज युनियन काठमाडौँ र भुटान क्लियरिङ फुटबल क्लब गरी आठ टोलीको सहभागिता छ । प्रतियोगिताका विजेता टोलीले रु दुई लाख ५१ हजार १११ र दोस्रो हुनेले रु एक लाख लाख ५१ हजार १११ पाउनेछ ।
आजको उद्घाटन खेलमा झापा ११ ले रुपन्देही ११ लाई १–० ले पराजित गरेको छ । झापाको जितमा पहिलो हाफको अन्तिम मिनेटमा विदेशी खमिन गिल्सनले गोल गरेका थिए । रासस
No comments:
Post a Comment