काठमाडौँ, १३ कात्तिक । सरकारले कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयको नाम संशोधन गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कायम गरेको छ ।
गत असोज १५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त मन्त्रालयको नाम संशोधन गरेको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संविधानसभाबाट संविधान जारी भएपछि व्यवस्थापिका–संसद्मा रुपान्तरित भइसकेको छ ।
सरकारले यसअघि सूचना तथा सञ्चार मन्त्रालयको नाम पनि संशोधन गरी सूचना तथा प्रविधि मन्त्रालय बनाएको थियो । रासस
No comments:
Post a Comment