Friday, October 30, 2015

दुर्घटनामा मृत्यु

बुटवल, १३ कात्तिक । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडकखण्डको मणिग्राममा आज भएको बस दुर्घटना १५ वर्षीय विवेक थापाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ७२७२ नंको बस मणिग्राम कफी कम्पनी नजिकै दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका–१३ बस्ने थापाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइतेको लुम्बिनी अञ्चल अस्पताल बुटवल र मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार तीव्र गतिको बसले ट्रकलाई उछिन्ने क्रममा सडक नजिकको रुखमा ठोक्किएर दुर्घटना भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts