Saturday, November 28, 2015

तेलमा उपभोक्ता ठगी गर्ने पाँच पक्राउ

चौतारा, १२ मङ्सिर । सिन्धुपाल्चोकको बाह्रबिसेमा पेट्रोलपम्प बिगारी उपभोक्ता ठगी गर्दै आएका पाँचजनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चौतारा नगरपालिका–७ का राजु श्रेष्ठ, काभ्रे जिल्ला ज्याम्दी–४ का राजन पराजुली, काभ्रे जिल्ला सीपाली–६ चिलाउनेका कृष्ण उप्रेती, बनेपा नगरपालिका–११ का निरन्जन तिमिल्सिना र भक्तपुर चाँगुनारायण नगरपालिका–५ का विनोद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले राम्चे–७ बाह्रबिसेस्थित शेराप पेट्रोलपम्पको मेसिन बिगारी थोरै तेल दिई धेरै अङ्क देखाएर लामो समयदेखि उपभोक्ता ठगी गर्दै आएकाले नापतौल ऐनअन्तर्गत कारबाही चलाइने प्रहरीले जानकारी दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts