Friday, December 4, 2015

हुम्लामा योजना तर्जुमा गोष्ठी सम्पन्न

हुम्ला, १८ मङ्सिर । जिल्ला विकास समितिको कार्यालयको आयोजनामा पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

उक्त गोष्ठीमा सम्पूर्ण राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालय प्रमुख, सुरक्षा प्रमुख, वृद्धिजीवी, समाजसेवी तथा पत्रकारसमेतको उपस्थिति रहेको थियो ।

सम्पूर्ण राजनैतिक दलका तर्फबाट एनेकपा (माओवादी)का इन्चार्ज विजय भण्डारीले योजनासम्बन्धमा प्रकास पार्नुभयो ।

योजना अधिकृत लस्मी घिमिरेले गाउँ विकास परिषद्, इलाका परिषद् र जिल्ला सभाको भूमिकाबारे जानकारी गराउनुभयो ।

स्थानीय विकास अधिकारी रवि भट्टराईको अध्यक्षतामा भएको सो गोष्ठीमा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले शान्ति सुरक्षा तथा गाउँ परिषद्मार्फत जनताले योजना छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच, जिल्लाको दक्षिणी दार्मा र मिमी गाविसमा हालै पिपिआर रोगबाट करीब २०० भेडाबाख्रा मरेको स्थानीयबासी नन्दबहादुर शाहीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालयले पनि तत्काल आवश्यक औषधि र प्रविधिक पठाएको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts