काठमाडौँ, १२ पुस । अनियमितताको अनुसन्धानमा रहेका सशस्त्र प्रहरी बलका तीन पूर्व प्रहरी महानिरीक्षकसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु नौ करोड ७० लाख धरौटी माग गरेको छ ।
उजुरीका आधारमा छानबिन सुरु गरेको आयोगले आज पूर्व सशस्त्र प्रहरी महानिरीक्षकत्रय वासुदेव ओली, सनत्कुमार बस्नेत र शैलेन्द्र श्रेष्ठलाई बयानका लागि बोलाएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।
आज बयान नसकिएपछि आयोगले ओलीसँग रु ७० लाख, बस्नेतसँग रु आठ करोड र श्रेष्ठसँग रु एक करोड धरौटी माग गरेको प्रवक्ता पुष्करले बताउनुभयो । रासस
No comments:
Post a Comment