सप्तरी, २२ मङ्सिर । सप्तरीको जोमनी मधेपुरा गाविसस्थित घोरदह खोलामा आज साँझ एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जोमनी मधेपुरा गाविस–६ मा पर्ने घोरदह खोलामा अन्दाजी ३०÷३५ वर्षीय एक पुरुषको शव आज फेला परेको छ ।
शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान पठाएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले बताउनुभयो । रासस
No comments:
Post a Comment