Monday, December 7, 2015

पुस २७ गते सार्वजनिक बिदा माग

काठमाडौंँ, २१ मङ्सिर । योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न र उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
परिषद्ले प्रधानमन्त्रीसँग आफ्नो मागसहितको ज्ञापन बुझाउदै उनी राष्ट्रिय एकताका प्रतीक पनि भएकाले उनकै संस्मरणमा राष्ट्रिय एकता दिवसलाई भव्य रुपमा मनाउने वातावरण सिर्जना गरिदिन आग्रह गरिएको
परिषद्का अध्यक्ष शङ्कर पौडेलले जानकारी दिनुभयो ।
यसैबीच पृथ्वीनारायणको २९४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन राजनीतिज्ञ रामबाबु प्रसार्इंका अध्यक्षतामा नागरिक मूल समारोह समिति गठन गरिएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts