Monday, December 7, 2015

वार्ताबाट समाधान गर्नुपर्ने माग

काठमाडौँ, २१ मङ्सिर । राष्ट्रिय आन्दोलन संयुक्त आयोजक समितिले मधेसमा चलिरहेको आन्दोलनलाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने माग गर्दै आज सिंहदरबार अगाडि हनुमानस्थानमा धर्ना दिएको छ ।

विभिन्न आदिवासी तथा मधेसी सङ्घ संस्थाका साथै नयाँ शक्ति अभियान लगायतको आयोजनामा भएको उक्त कार्यक्रममा भारतसँग कूटनीतिक माध्यमबाट पहल गरी चाँडोभन्दा चाँडो नाकाबन्दी खुलाउन माग गरियो ।

नागरिक अगुवा डा सुन्दरमणि दीक्षितले मधेसी, थारु, जनजातिले आफ्ना अधिकारको माग गर्दै यति लामो समयदेखि मधेसमा आन्दोलन गरेकाले उनीहरुका मागलाई सरकारले चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति अभियानका सदस्य हिसिला यमीले सबै जाति तथा समुदायको भावनालाई संविधानले सम्बोधन गर्न नसकेकाले वैज्ञानिक ढङ्गबाट समस्याको समाधान खोज्नुपर्ने औँल्याउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts