बैतडी, २१ मङ्सिर । जिल्लाको तल्लो स्वराड क्षेत्रमा स्वदेशी फोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा भारतीय मोबाइल प्रयोग गर्न बाध्य भएका छन् ।
यस क्षेत्रका केही गाविसमा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अधिकांश ठाउँमा नेपाल टेलिकमको मोबाइलले काम नगर्ने स्थानीयवासी जगदीश पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमलगायत कुनै पनि स्वदेशी मोबाइल सेवाले काम नगरेपछि भारतीय मोबाइल प्रयोग गर्न बाध्य छौँ ।”
बैतडीको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्रलगायत गाविसमा अझै फोन सेवा नहुँदा स्थानीय मर्कामा परेका हुन् । टेलिकमले पछिल्लो समय विभिन्न ठाउँमा टावर राखी सेवा विस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लो स्वराडका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका हुन् । रासस
No comments:
Post a Comment