Saturday, December 5, 2015

छिट्टै नाकाबन्दी खोल्न भारत बाध्य हुन्छ :उपप्रम मैनाली

तिलोत्तमा (रुपन्देही), १९ मङ्सिर । उपप्रधानमन्त्री सिपी मैनालीले नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि बिग्रिएकाले भारत छिटै नाकाबन्दी खोल्न बाध्य हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँले बिनाकारण नाकाबन्दी लगाएकाले नाकाबन्दी खोल्न भारतलाई भारतीय नागरिकलगायत अन्तर्राष्ट्रिय जगत्बाट समेत व्यापक दबाब बढेकाले भारतले छिट्टै नाकाबन्दी खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि भारतसँग मात्रै निर्भर रहेको नेपालको व्यापार अवका दिनमा अन्य मुलुकसँग पनि विस्तार गर्ने गरी सरकारले गृहकार्य गरिरहेको जानकारी उहाँले दिनुभयो ।
नेकपा(माले)का महासचिव मैनालीले भन्नुभयो– “तीनतिरबाट घेरिएको छिमेकी मुलुकले भन्सार रोक्नु भनेको मान्छेको घाँटी थिच्नु जस्तै हो ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts