Sunday, December 27, 2015

नेपाल चीन सम्बन्धको ६०औँ वर्षका अवसरमा चलचित्र प्रदर्शन

पोखरा, १२ पुस । नेपाल–चीनबीचको मैत्री सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएका अवसरमा आज यहाँ प्रथम पोखरा चिनियाँ चलचित्र महोत्सवको तयारीस्वरुप बेइजिङ ब्ल्युजनामक चलचित्र प्रदर्शन गरिएको छ ।

चिनियाँ सांस्कृतिक केन्द्रको सहयोगमा लायन्स क्लब अफ पोखरा फेवा लेकसिटी एवम् मैत्री एवम् विकास प्रतिष्ठानको संयोजनमा आयोजित सो प्रदर्शनीको एक कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा उहाँले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई यसप्रकारका सांस्कृतिक प्रदर्शनीले थप उचाइमा पु¥याउने बताउनुभयो ।

चिनियाँ सांस्कृतिक केन्द्र नेपालका निर्देशक इन कुन्साङले नेपाल र चीनबीचको वर्षौंदेखिको मित्रता एवम् भातृत्वको अभिवृद्धि गराउन केन्द्रका तर्फबाट निरन्तर सहयोग गर्ने बताउनुभयो ।

मैत्री एवम् विकास प्रतिष्ठान नेपालका अध्यक्ष मेल्सन ओझाले नेपाल चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन एकअर्का देशका संस्कृति आदानप्रदान गरिने बताउनुभयो ।

उहाँका अनुसार प्रथम पोखरा चिनियाँ महोत्सवका अवसरमा आगामी जनवरी, फेब्रुअरीको समय पारी चिनियाँ संस्कृतिका अन्य विभिन्न महत्वपूर्ण चलचित्र पोखरामा प्रदर्शन गरिने लक्ष्य राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts