काठमाडौँ, १२ पुस । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमको नियमित अनुगमन कार्यलाई कसरी प्रभावकारी बनाउने सम्बन्धमा सञ्चारविद्सँग आज छलफल गरेको छ ।
कार्यक्रममा विज्ञहरुले काउन्सिलबाट नियमितरुपमा भइरहेको अनुगमनलाई प्रभावकारी र सञ्चारकर्मीलाई जवाफदेही बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले सञ्चारमाध्यमको काउन्सिलको अनुगमनलाई प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेकामा जोड दिँदै सञ्चारमाध्यमको आचारसंहिता उल्लङ्घनको कारबाही पक्षपात ढङ्गले नभई आवश्यकताअनुसार भइरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले मिडिया अनुगमनका लागि महासङ्घ समन्वय र सहकार्य गर्नका लागि तयार रहेको धारणा राख्दै मिडियामा आएका आपत्तिजनक विषयवस्तुको उदाहरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारविद् तपनाथ शुक्ला, धर्मेन्द्र झा, विनोद ढुङ्गेल, सङ्गीता लामा, नीतु पण्डित, चन्द्रदेव कामतीलगायतले हालै विभिन्न जिल्लामा गरिएको अनुगमनबारे आफ्ना धारणा राख्नुभएको थियो ।
छलफलमा अनुगमनका क्रममा देखिएका समस्या सम्बन्धमा छलफल तथा अन्तक्र्रिया बढाउने, नियमित अनुगमन गर्ने, रेडियो, टिभी, छापा, अनलाइनको छुट्टाछुट्टै सम्यन्त्र र समिति बनाउने, अनुगमनसम्बन्धी निर्देशिका बनाउन जोड दिइएको थियो । रासस
No comments:
Post a Comment