Saturday, December 12, 2015

लागूऔषधसहित दुईजना पक्राउ

पोखरा, २६ मङ्सिर । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको बगालेटोलस्थित शेर्पा खाजा घरबाट लागूऔषधसहित दुईजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा–८ बगालेटोलका पर्वत कुँवर र सोलुखुम्बु गोली गाविस–६ घर भई सोही ठाउँमा खाजा घर सञ्चालन गर्ने तेण्डी शेर्पा छन् ।

अभियुक्तले भारतबाट लागू औषध खरिद गरी ल्याई पोखराका नगर क्षेत्रमा विभिन्न ठाउँंका युवालाई बिक्री वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट चोरी गरी ल्याएका ३१ थान मोबाइलसेट र लागूऔषध नाईट्राोभ्याट ४२० चक्की पनि प्रहरीले बरामद गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts