Friday, December 11, 2015

चौध बुँदे घोषणापत्र जारी गर्दै बारको परिषद् बैठक सम्पन्न

काठमाडौँ, २५ मङ्सिर । नेपाल बार एसोसिएसनले आज यहाँ आयोजना गरेको मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४३आँै केन्द्रीय कार्यकारिणी परिषद्को बैठक १४ बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ ।

घोषणापत्रमा भारतले नाकाबन्दी नै लगाएको ठहर गर्दै भारतले लगाएको नाकाबन्दीलाई लिएर तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरिएको छ ।

बारका महासचिव सुनीलकुमार पोखरेलले भारतले लगाएको नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रियकरण गर्ने र नेपालको संविधानमा राखिएका मौलिक हक कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न पनि माग गरेको बताउनुभयो ।

त्यस्तै, सर्वोच्च अदालतमा न्यायाधीश चाँडो नियुक्त गरी सङ्क्रमणकालीन न्यायलाई जतिसक्दो छिटो निराकरण गर्न, भूकम्पपश्चात्को पुनःनिर्माणलाई तत्काल सम्बोधन गर्न माग गरिएको छ ।

न्यायपालिकालाई विकृति÷विसङ्गतिविहीन बनाउन न्यायपालिकाका वर्तमान नेतृत्वले चालेका कदमलाई क्रियाशील बनाउनसमेत बैठकले अपिल गरेको छ ।

मधेस तराईमा देखिएको आन्दोलनका कारण मानवअधिकारको गम्भीर उल्लङ्घन भएकाले छानबिन गर्न न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts