काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा) का अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।
सभापति कोइरालाको निवास महाराजगन्जमा साँझ भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र तराई मधेसमा जारी आन्दोलनका विषयमा छलफल भएको थियो ।
भेटमा सभापति कोइरालाले मधेसमा जारी आन्दोलन अब लम्ब्याउन नहुने बताउँदै तत्काल सहमतिमा आउन अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो ।
कोइरालाले आफ्नो नेतृत्वमा भएको सरकारले संसद्मा प्रस्तुत गरेको समानुपातिक र समावेशीसम्बन्धी संविधान संशोधन प्रस्ताव पारित गर्न आन्दोलनरत दल सकारात्मक हुनुपर्ने बताउनुभएको थियो ।
जवाफमा अध्यक्ष ठाकुरले आफूहरु पनि छिटो मधेसको आन्दोलन सकियोस् भन्ने पक्षमा रहेको बताउदै आफूहरुको माग पूरा गर्न सकारात्मक भूमिका खेल्न आग्रह गर्नुभएको थियो । रासस
No comments:
Post a Comment