Sunday, December 6, 2015

अस्पताल बन्द हुँदा उपचारमा समस्या

सप्तरी, २० मङ्सिर । पन्ध्र दिनदेखि राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पताललगायत सप्तरीका सरकारी तथा निजी अस्पताल बन्द हुँदा बिरामीलाई उपचार गराउन समस्या भएको छ ।

प्रहरीले यही मङ्सिर ६ गते अस्पताल हाताभित्र पसेर कर्मचारी, चिकित्सकमाथि दुव्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मी तथा चिकित्कसम्पूर्ण स्वास्थ्य संस्था र अस्पताल बन्द गरी आन्दोलमा उत्रिएका छन् ।

सप्तरी जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लामो समयसम्म बन्द हुँदा उपचार पाउनबाट वञ्चित हुनु परेको बिरामीको गनुासो छ ।

आन्दोलनरत स्वास्थ्यकर्मीसँग छलफलका लागि पहल भइरहेको प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts