काठमाडौँ, २३ मङ्सिर । विभेद, बहिष्करणमा परेका दलित, आदिवासी, मधेसी, जनजातिलगायतका वर्गको हकअधिकार संविधानमा स्थापित हुनुपर्ने माग राख्दै आदिवासी जनजाति जागरण अभियानले आज शान्तिवाटिकामा धर्ना दिएको छ ।
सो कार्यक्रममा अभियानले विभिन्न नागरिक तथा राजनीतिक दलसँग छलफल र अन्तक्र्रिया, प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शनी, संयुक्त राष्ट्रसङ्घ र मानवअधिकार आयोग कार्यालय अगाडि प्रदर्शनी गर्नेलगायतका कार्यक्रम घोषणा गरेको छ ।
कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरले नेपाली जनता जातका नाममा, धर्मका नाममा र भाषाका नाममा विभेद नचाहने भन्दै उनीहरुको एउटै माग स्वाधीनता रहेको बताउनुभयो ।
अहिलेको संविधानमा पनि दलित, जनजाति, आदिवासी, मधेसीलाई विभेद गरिएको आरोप लगाउनु भयो ।
यसअघि अभियानअन्तर्गत स्थानीय बाङ्गेमुढाबाट पदयात्रा सुरु गरी शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको थियो । रासस
No comments:
Post a Comment