Tuesday, December 1, 2015

झापामा करेन्ट लगेर एकको मृत्यु

सुरुङ्गा (झापा), १५ मङ्सिर । करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको कन्काई नगरपालिकामा आज अपराह्न एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम साङ्रुम्वा–६ का सन्तोष राई रहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत कन्काई नगरपालिका–८ विरिङ पुल नजिक माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका राईको उपचारका लागि बिर्तामोडस्थित कञ्चनजङ्घा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी सहायक निरीक्षक राजेन्द्र तिम्सिनाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts