जाजरकोट, १२ माघ । जाजकोट गाविस–७ का ५६ वर्षीय गोरे कार्कीको आज बिहान मृत्यु भएको छ ।
कार्की खाद्यान्न ल्याएर सल्मा गाविसको सियाडा बजारबाट घर आउँदै गर्दा गुर्वेढुढा नजिक मृत्यू भएको स्थानीय काशीराम न्यौपानेले बताउनुभयो । हिमपात भएर जमेको बाटोमा चिसोको कारण मृत्यु भएको हुनसक्ने परिवारले शङ्का गरेको छन् ।
यसैगरी सल्यानको धनवाङ गाविस–३ कपुरकोटका ५० वर्षीय ताराप्रसाद डाँगीको खुकुरी प्रहारबाट हत्या गरिएको छ । उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।
मानसिक सन्तुलन ठीक नभएका गर्पा गाविस–३ का कालिराम बूढाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सोमबार राति कपुरकोटमा छिमेकीको घरमा झाँक्री बस्न लागेको हेर्न भएका वृद्ध डाँगीलाई एक्कासि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । निज बूढालाई प्रहरीले नियन्त्रण लिएको छ । रासस
No comments:
Post a Comment