काठमाडौँ, १६ माघ । काठमाडौँबाट करिब १५ किलोमिटर उत्तरपूर्वी क्षेत्र मनहरा नगरपालिका कागेश्वरीमा पहिलोपटक ‘कागेश्वरी पर्यटन महोत्सव –२०७२’ हुने भएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकास गर्ने उद्देश्यले कागेश्वरी पर्यटन महोत्सव महोत्सव गरिन लागिएको महोत्सव व्यवस्थापन समितिले आयोजना गर्न लागेको एकदिने सो महोत्सव फागुन सात गते हुने भएको छ ।
महोत्सवमा तामाङ जातीको साँस्कृतिक झाँकी, वेशभूषा, तथा स्थानीय कृषि उत्पादन मुख्य आकर्षणको रूपमा रहने छन् । महोत्सवलाई भव्यरूपमा सफल बनाउनका लागि स्थानीय दलबहादुर लामाको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।
समितिका संरक्षक तथा सो क्षेत्रका सांसद रामेश्वर फुयाँलले कागेश्वरी क्षेत्र धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण भएको हुँदा सो क्षेत्रलाई आर्थिक रूपमा सक्षम बनाउन पनि महोत्सवको आयोजना गरिएको बताउनुभयो । कागेश्वरीमा प्रत्येक वर्ष भदौ कृष्णअष्टमीको दिन मेला लाग्ने गर्दछ । रासस
No comments:
Post a Comment