Friday, February 19, 2016

जलविद्युत् आयोजना अवरोध गर्नेविरुद्ध मुद्दा चल्छ– ऊर्जामन्त्री

काठमाडौँ, ७ फागुन । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले दशवर्षीय कार्ययोजना अगाडि सारेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा ऊर्जामन्त्री रायमाझीले एसियामा नै पहिलो पटक नेपालमा जलविद्युत् आयोजना सुरु भए पनि १०५ वर्षसम्म उस्तै अवस्था रहेको भन्दै उहाँले एकाध वर्षभित्रैमा उल्लेख्य प्रगति हुने जिकिर गर्नुभयो । जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गर्न नसक्ने र त्यस्तो अवरोध भए सार्वजनिक अपराधमा मुद्दा चलाइने चेतावनी उहाँले दिनुभयो । जलविद्युत् आयोजनामा अवरोध भए सुरक्षा निकाय समेत परिचालन गरिने जानकारी उहाँले दिनुभयो ।
आगामी वर्ष ऊर्जाका क्षेत्रमा उथलपुथलको वर्ष हुने जिकिर गर्दै उहाँले सौर्य ऊर्जा उत्पादनमा विशेष जोड दिइने, आन्तरिक उत्पादनलाई बढावा दिइने र भारतबाट पनि उल्लेख्य मात्रामा विद्युत् आयात गरेर विद्युत्भार कटौती अन्त्य गरिने जानकारी दिनुभयो ।

हालै निर्माण सम्पन्न ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन मार्फत ८० मेगावाट विद्युत् आयात हुने उल्लेख गर्दै उहाँले सो विद्युत्बाट करिब दुई घन्टा विद्युत्भार कटौती कम हुने छ भन्नुभयो ।

मन्त्री रायमाझीले मुलुकमा ऊर्जा विकासका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ऊर्जा सङ्कट निवारण आयोग, ऊर्जामन्त्रीको अध्यक्षतामा केन्द्रीय ऊर्जा सङ्कट निवारण समन्वय समिति र हरेक जिल्लामा प्रजिअको संयोजकतत्वमा जिल्लास्तरीय समिति निर्वारण गरेर नियमित सहजीकरण गरिरहने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts