Friday, February 19, 2016

एसएलसीको ‘ग्रेडिङ’ प्रणालीको भ्रम हटाउनुपर्छः मन्त्री पोखरेल

धनगढी, ७ फागुन । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले प्रवेशिका (एसएलसी) परीक्षामा लागू गरिएको ग्रेडिङ प्रणालीका विषयमा उत्पन्न भ्रम चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज गेटा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले ग्रेडिङ् प्रणाली लागू भएबाट परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीको सोच यसअघिको जस्तो नकारात्मक नहुने धारणा व्यक्त गर्नुभयो ।

पोखरेलले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजको कामलाई अगाडि बढाउन पहल भइरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts