Friday, February 19, 2016

मोरङ फुटबल क्लब बिजयी

पथरी (मोरङ), ७ फागुन । मोरङ फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ ।

विराट गोल्पकपको दोस्रो खेलमा आज रुपन्देही ११ लाई तिनका विरुद्ध एक गोलले पराजित गर्दै मोरङले विजय सुरुवात गरेको हो ।

अति प्रतिस्पर्धात्मक खेलको ३२ औँ मिनेटमा मोरङका बिजय धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । मध्यान्तर अघि १–० ले अग्रता पाएको मोरङले मध्यान्तरपछि दुई गोल गरेको थियो । रुपन्देहीले ५८ मिनेटमा सान्त्वना गोल फर्काएको थियो ।

मध्यान्तरपछिको चौथो मिनेटमा मोरङका कप्तान दीपक राईको प्रहार जाली चुमेपछि मोरङले दुई गोलले अग्रता लिएको थियो । दुई गोलले पछि परेको रुपन्देहीले आक्रमक खेल प्रदर्शन गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts