धनकुटा, ७ फागुन । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले मुलुकमा भइरहेको परिवर्तनको सर्वसाधारणलाई समेत अनुभूति गराउन स्वास्थ्य सेवालाई गाउँगाउँका जनताको पहँुचमा पु¥याउनुपर्ने बताउनुभएको छ ।
जिल्ला अस्पताल धनकुटाको सतवार्षिक कार्यक्रमको आज उद्घाटन गर्नु हुँदै राज्यमन्त्री भण्डारीले गाउँगाउँका सर्वसाधारण अहिले पनि स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नु भयो ।
उहाँले अब गाउँका अस्पतालमा सामान्य स्वास्थ्यकर्मीका भरमा मात्र नभएर विशेषज्ञ डाक्टरको उपस्थिति गराएर सोहीअनुरुपको उपकरणसहितको सेवा प्रवाह गर्नेतर्फ सरकारले पहल गर्ने बताउनुभयो ।
तत्कालीन त्रिचन्द्र अस्पतालको नामबाट धनकुटामा खुलेको जिल्ला अस्पतालको १०० वर्ष पूरा भएको अवसरमा धनकुटामा आज विविध कार्यक्रम गरी सतवार्षिक कार्यक्रम सम्पन्न गरिएको हो ।
जिल्ला अस्पताल धनकुटालाई ५० श्ययाको बनाउनका लागि अर्थ मन्त्रालयका तर्फबाट सक्दो सहयोगको साथै बजेट विनियोजन गर्न आफूले पहल गर्नेसमेत उहाँले बचनबद्धता व्यक्त गर्नुभएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष गोपाल गुरागार्इंको अध्यक्षतामा भएको कार्यक्रममा सांसद टीकाराम चेम्जोङ, पूर्व सभासद् लिला सुब्बा, जिल्लास्थित विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधिलगायतले अस्पतालको विकासका लागि शुभकामना दिनुभएको थियो । रासस
No comments:
Post a Comment