Friday, February 19, 2016

देशको राजनीतिक इन्जिनियरिङ बिग्रिएको छ– कावा प्रम

काठमाडौँ, ७ फागुन । कावा प्रधानमन्त्री विजयकुमार गच्छदारले देशको राजनीतिक इन्जिनियरिङ बिग्रिएको बताउनुभएको छ ।

नेपाल इन्जिनियरिङ एसोसियसनको १४आँै सम्मेलन समापन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीतिले सपना कोर्छ, कल्पना गर्छ, त्यसलाई इन्जिनियरले साकार बनाउँछ, यसैले राजनीतिज्ञलाई सफल बनाउन इन्जिनियरको भूमिका महत्वपूर्ण हुन्छ भन्नुभयो ।

कार्यक्रममा एसियाली विकास बैंकका उपाध्यक्ष इन्जिनियर विन्दुनाथ लोहनी, नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष सत्यनारायण साह, एसोसिएसनका अध्यक्ष ध्रुवराज थापा, महासचिव किशोरकुमार झा, प्राविधिक समिति संयोजक कमल पाण्डेलगायतले इन्जिनियरिङ स्टाफ कलेज स्थापना गरिनुपर्नेमा जोड दिनुभएको थियो । सम्मेलनले दशबुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts