कालीकोट, ८ फागुन । उद्योग वाणिज्य सङ्घ कालीकोटको १५ औँ साधारणसभाबाट सूर्यबहादुर शाहीलाई अध्यक्ष पदमा पुनः निर्वाचित हुनुभएको छ । उहाँ २८७ मत ल्याएर विजयी हुनुभएको हो ।
गएराति भएको मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा तीर्थबहादुर शाही विजयी हुनुभएको छ । द्वितीय उपाध्यक्षमा दिलबहादुर शाही, महासचिव तिलबहादुर शाही, सचिवमा रङ्गलाल देवकोटा र कोषाध्यक्षमा भानुभक्त आचार्य विजयी हुनुभएको छ ।
भद्दा शाही, दीपेन्द्र शाही र धर्म धमला सदस्यमा निर्वाचित हुनुभएको छ ।
जिल्लाभरका कुल ६९२ मतदातामध्ये ५४१ जना मतदाता मतदानमा सहाभागी भएको निर्वाचन समितिले जनाएको छ । आज बिहान एक औपचारिक कार्यक्रमको आयोजना गरी निर्वाचन मत परिणाम घोषणा गरिएको हो । रासस
No comments:
Post a Comment