Saturday, February 27, 2016

विराट गोल्डकपको उपाधि पुलिस क्लवलाई

पथरी (मोरङ), १५ फागुन । नेपाल पुलिस क्लवले विराटनगरमा जारी विराट गोल्डकप फुटबलको उपाधि जितेको छ ।

आज भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन झापा–११ लाई १–० गोलले पराजित गरी पुलिस क्लबले उपाधी हात पारेको छ । पुलिसको जितमा भरत साहले ८७ औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । उपाधीसँगै पुलिसले रु पाँच लाख एक हजार र ट्रफी तथा उपविजेता झापाले रु तीन लाख एक हजार र ट्रफी हात पारेको छ ।

पहिलो हाफमा दुवै टिमले आक्रामक खेल खेलेपनि गोल गर्न सकेका थिएनन् । खेलको म्यान अफ द फाइनल पुलिसका भोला सिलवाल घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका सुमन सुवेदी घोषित हँुदै मोटरसाइकल प्राप्त गरे ।

त्यसैगरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापा, उत्कृष्ट मिडफिल्डर झापाका योगेश गुरुङ, उत्कृष्ट डिफेन्डर झापाकै देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड झापाकै कर्ण लिम्बु तथा प्रतियोगितामा बढी तीन÷तीन गोल गर्ने झापाकै कर्ण लिम्बु र बुद्धराज चेम्जोङ, उत्कृष्ट गोलरक्षक पुलिसका विशाल श्रेष्ठ घोषित हुँदै ट्रफी प्राप्त गर्नुभयो । प्रतियोगिताभरिकै अनुसासित टिमको उपाधि रुपन्देही–११ बुटवलले हात पारेको थियो ।

विजेता तथा उपविजेता टीमलाई प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नगद पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पनि उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts