Saturday, February 27, 2016

बिजुलीमाया वन श्रेष्ठ पुरस्कार राणालाई

हेटौँडा, १५ फागुन । भीमविराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौँडाले वरिष्ठ सङ्गीतकार भीम विरागको चौथो स्मृति दिवसका उपलक्ष्यमा वरिष्ठ गायिका मीरा राणालाई ‘बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरेको छ ।

रु एक लाख सहितको सो पुरस्कार वरिष्ठ गीतकार एवम् चलचित्र निर्देशक चेतन कार्कीले प्रदान गर्नुभयो । सोे अवसरमा सम्मानित गायिका राणाले आफ्ना केही गीत प्रस्तुत गर्नुभयो । प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष हेटौँडाबाट वरिष्ठ कलाकारलाई बढी रकमको पुरस्कार प्रदान गर्दै आएको छ । सो अवसरमा चलचित्र निर्देशक कार्कीले कलाकार राष्ट्रको गहना भएकाले राष्ट्र तथा समाजले तिनको योगदानको कदर गर्नुपर्छ भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts